Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको सुरुङ छिचोलियो

आयोजनाको समग्रमा ५६ प्रतिशत भौतिक प्रगति, आगामी १ वर्षभित्र सम्पन्न हुने

221
Shares

काठमाडौं । ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छिचोलिएको छ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका-७ भारवाङमा निर्माणाधीन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो । आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने २ हजार ५०६ दशमदव ३९ मिटर सुरुङ छिचोलेको जानकारी दिनुभएकाे छ।

हालसम्म आयोजनाको समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले जानकारी दिनुभयो । बाँध, सुरुङ र विद्युतगृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएको छ ।

बर्खायाममा आयोजना निर्माणस्थलमा पर्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइएको असर अपर म्याग्दी-१ लगायतका जलविद्युत आयोजना निर्माणमा परेको हाे।