Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


एनभीएलमा अन्नपूर्ण किङ्ग्सको काठमाडाैं रेड्समाथि सहज जित


91
Shares

काठमाडाैं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किङ्ग्सले पहिलो जlत हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आइतबार साँझ भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडाैं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गरेकाे हाे । अन्नपूर्णले पहिलो सेट २५–२३, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२३ ले जित्यो ।

अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो । त्यस्तै, काठमाडाैंको यो पहिलो हार हो । काठमाडाैंले पहिलो खेलमा मधेश वारियर्सलाई पराजित गरेको थियो । ६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकाे छ ।

प्रतियोगिताको फाइनल खेल यहि भदाै २८ गते हुने भएकाे हाे ।