Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


नेपाल भलिबल लिगमा सगरमाथा स्म्यासर्सकाे विजयी शुरूवात

मधेश वारियर्स भने ३-१ सेटले पराजित

0
Shares

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले विजयी शुरुवात गरेको छ । 

सगरमाथाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार साँझ सम्पन्न भएकाे उद्घाटन खेलमा मधेश वारियर्सलाई ३–१ सेटमा पराजित गरेकाे हो । शुरुवाती दुई सेट खेल २५–२१, २५–२१ ले आफ्नो पक्षमा पारेको सगरमाथाले निकै रोमाञ्चक तेस्रो सेट भने २३–२५ ले गुमायो । चौथो सेटमा सगरमाथाले २५–१५ को सहज जित निकाल्यो । 

याे जितसँगै सगरमाथाले तीन अंक जोडेको छ । मधेशले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको हाे । सगरमाथाले अब शनिबार खप्तड फाल्कोन्स र मधेशले काठमाडौं रेड्सको सामना गर्ने भएका छन् ।