
वासिंटन, असोज १४ । उत्तर कोरियाले अमेरिकी प्रतिबन्ध जारी रहेमा आफूले निशस्त्रीकरण नगर्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ होले अमेरिकाले लगाएको प्रतिबन्धले अमेरिकाप्रतिको उत्तर कोरियाको अविश्वासलाई झन् गहिरो बनाउने बताए ।
संयुक्त राष्ट्रसभाको बैठकलाई सम्बोधन गर्दै यङ होले पछिल्लो गतिरोध अमेरिकाको बलपूर्वक कदमका कारण देखिएको आरोप लगाए ।
उता अमेरिकाले भने उत्तर कोरियाले निशस्त्रीकरण नगरेसम्म प्रतिबन्धहरू यथावत रहने बताउँदै आएको छ । गत जुनमा राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोन उनसँगको ऐतिहासिक शिखर बैठकका क्रममा किमले पारमाणविक निशस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएको बताएका थिए ।
उत्तर कोरियाली विदेश मन्त्री रिले प्रतिबन्ध लगाएर आफूहरुलाई घुँडा टेकाउने कुरा केही मानिसहरूको भ्रम हो भनेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्