Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै-(कार्य-सूचीसहित)

बैठकमा बालश्रम र विद्युत व्यापारसहित ३ महत्वपूर्ण प्रस्ताव पेश गरिंदै

286
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्दैछ।

संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसाे १ बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा सम्झौता पेश हुने जनाएकाे हाे । बैठकमा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको रहेकाे छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता सदन समक्ष पेश गर्नुहुने भएकाे हाे। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघीय समुद्री कानूनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोग सम्बन्धी सम्झौता पनि पेश गर्ने कार्यसूची रहेको रहेकाे छ।