Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


सरकारले विपद्‌ व्यवस्थापनका लागि पाँच कार्यदल गठन गर्दै

कोष परिचालनमा ढिलासुस्ती नगर्न निर्देशन

0
Shares

काठमाडौं । सरकारले रसुवाकाे भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्ने भएको छ।

अर्थ मन्त्रालयमा साेमबार आयोजित कार्यक्रममा मन्त्री स्वर्णिम वाग्लेले उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन पाँच कार्यदल बनाउन लागिएको बताउनुभएकाे हाे। अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सडक, पुल (झोलुङ्गे, तुइन र बेली ब्रिज), खानेपानी तथा सरसफाइ (वास) र सुरुङमार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने बताउनुभएकाे छ।

सुरुङमार्गमा हुनसक्ने जोखिम र उद्धारका लागि नेपाली सेना र नेपाल विद्युत प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने उहाँले बताउनुभयाे। विपद् व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको जनगुनासोप्रति सजग रहँदै मन्त्री वाग्लेले ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न निर्देशन दिनुभयाे ।

स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने प्रक्रियालाई कानूनी दायराभित्रै रहेर सहज र द्रुत बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। मन्त्री वाग्लेले ‘विपद्पछिको आवश्यकता आकलन दुई चरणमा गरिने उल्लेख गर्नुभयाे। पहिलो चरणमा सार्वजनिक र निजी क्षेत्रको क्षति तथा नोक्सानीको विवरण संकलन गरिने भएकाे छ। दोस्रो चरणमा भविष्यको विकास रणनीति र पुनर्स्थापनाको खाका तयार गरिने भएकाे हाे।

मन्त्री वाग्लेले पूर्वाधार मन्त्रालयको जिम्मेवारी बढेको र कानूनी जटिलता फुकाउन ऐन संशोधनको प्रक्रियामा पनि जान सकिने बताउनुभएकाे छ।