Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


नागढुंगा-नारायणगढ सडकमा सवारी साधन सञ्चालनमा

बाढी तथा पहिरोको जोखिम भने अझै कायमै, शतर्क रहेर यात्रा गर्न प्रशासनकाे आग्रह

338
Shares

काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा-नारायणगढ सडकखण्डमा सवारी साधन सञ्चालनमा भएका छन् ।

आइतबार बिहान भोटेकोशी नदीको बहाव बढेको सूचना प्राप्त भएपछि नागढुंगा-मुग्लिन तथा नारायणगढ-मुग्लिन सडकखण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । नदीमा पानीको बहाव जोखिमपूर्ण नरहेको सूचना प्राप्त भएपछि सवारी सञ्चालनमा आएको गजुरी प्रहरीले जनाएको छ। गाडी चल्न थाले पनि बाढी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले शतर्क रहेर यात्रा गर्न प्रशासनले आग्रह गरेको हाे।

यात्राका क्रममा जोखिमयुक्त ठाउँमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएका निर्देशनको पूर्ण पालना गर्न र बाढी सम्बन्धी सूचनाकाे बारेमा नियमित जानकारी लिन समेत प्रशासनले अनुराेध गरेको छ।

Skip This