काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ अर्ब भन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सार्वजनिक गरेको विवरण अनुसार कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३ सय ६९ रुपैयाँ जिम्मा भएको हो । सरकारले सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापनका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मात्रै रकम पठाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्