सविना अछामे, खाेटाङ । कुटपिटबाट खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको छ ।
धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको भदौ ११ गते राती कुटपिटबाट मृत्यु भएको हो । उक्त विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार तीन दिन विद्यालय बिदा भएकाले सङ्खुवासभा पुगेर फर्किने भन्दै राई बिहीबार गाउँबाट हिडेका थिए ।
जनैपूर्णीमा तथा ऋषितर्पणीको अवसरमा सालपा पोखरीमा लाग्ने मेला भर्न त्यहाँ बसेको बेला राती करिब १२ बजे कुटपिटबाट मृत्यु भएको राईले सुनाएका छन् ।
घटना भएको क्षेत्र भोजपुर जिल्ला रहेकाले प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनाको बारेमा विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ । राईको मृत्युपछि उनकी श्रीमती लगायत आफन्तहरू घटनास्थलतर्फ गएको राईले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्