काठमाडौं ।
शेयर बजारमा आज परिसूचक र कारोबार रकम दुवै घटेको छ । हिजो उच्च अंकले घटेको बजार आज पनि विहान उच्च अंकले घटेकोमा अन्तिममा मध्यान्हपछि सम्हालिएर नेप्से १.०४ अंक घटेर २५५७.३१ विन्दुमा अडिएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।
नेप्सेमा रहेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.१२ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यस्तै, घोराही सिमेन्टको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.४५ प्रतिशत घटेको छ ।
दिनभरमा ३४८ स्टकको एक करोड ६ लाख २६ हजार कित्ता शेयर ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्सको २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।









प्रतिक्रिया दिनुहोस्