Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


कांग्रेस इतर समूहको निवेदन सर्वोच्चमा दर्ता


0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गर्नुभएको थियो । निवेदनमाथि भदौ ११ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो ।

देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।

कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएको छ । सर्वोच्चले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको भन्दै इतर समूहले उक्र प्रक्रिया रोक्न सर्वोच्चमा हिजो निवेदन दिएको थियो ।

Skip This