Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


पुराना र अदालतबाट निरूपण भइसकेका विषयमा पुनः छलफल गर्न आवश्यक छैनः उपनेता अर्याल


0
Shares

काठमाडाैं । नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले संसदीय सुनुवाई समितिले सिफारिस गरेका व्यक्तिहरूका विरुद्ध परेका पुराना र अदालतबाट फैसला भइसकेका विषयमा पुनः छलफल गरिरहनु आवश्यक नरहेको बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उपनेता अर्यालले समितिले अध्ययन र अनुसन्धान गरेरै सिफारिसको निर्णय गरेको उल्लेख गर्दै उही विषयमा बारम्बार अल्झिन नहुने बताउनुभएको हो । उहाँले प्रश्तावित व्यक्तिहरूका बारेमा नयाँ तथ्य वा प्रमाणसहित गम्भीर प्रकृतिका उजुरी आएमा भने समितिले त्यसलाई ग्रहण गरी आवश्यक अनुसन्धान गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

उपनेता अर्यालले समितिले पर्याप्त अध्ययन गरेरै सिफारिस गरेकाले यसलाई ‘अपरिपक्व’ भन्न नमिल्ने समेत जिकिर गर्नुभएकाे छ। उजुरीकर्ताले उठाएका कतिपय विषयहरू अदालतमा प्रवेश गरी फैसला समेत भइसकेको सन्दर्भमा उनले न्यायिक प्रक्रियाबाटै समाधान खोजिनुपर्ने बताउनुभयो ।

उपनेता अर्यालले सिफारिस भइसकेका व्यक्तिका बारेमा नयाँ र गम्भीर विषय आएमा छलफलका लागि ढोका बन्द गर्न नहुने भएपनि पहिले नै ध्यानाकर्षण भई टुङ्गिसकेका विषयमा भने समय खर्चिनु नपर्नेमा जोड दिनुभएकाे छ।