Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


भारतकाे घरेलु टोली श्रीलंकामाथि शानदार जित

श्रीलंका भने १६५ रनले पराजित

104
Shares

काठमाडाैं । भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलङ्कालाई १ सय ६५ रनले पराजित गरेकाे छ ।

श्रीलङ्काकाे गालेमा बुधबार भएकाे खेलमा शानदार जित हासिल गरेसँगै २ खेलको शृङ्खलामा भारतले १-० को अग्रता लिएको हाे । भारतले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पाँचौं दिनको खाना समयपछि २ सय ६ रन बनाउँदा अलआउट भएकाे छ।

श्रीलङ्काका सोनल दिनुशाले ८४, कप्तान धनञ्जय डी सिल्भाले ५९ रन बनाएका थिए । भारतका मानव सुथारले ६ विकेट लिएकाे हुन् । भारतले दोस्रो पारीमा १ सय ९३ रन बनाएको थियो । भारतका ऋषभ मन्तले ६६ रन बनाएका छन् । श्रीलङ्काका असिथा फर्नान्डोले ४ विकेट लिएका थिए ।

त्यस्तै भारतले पहिलो पारीमा ४ सय ६२ रन बनाएको थियो । भारतका देवदत्त पडिक्कलले १ सय ६७, केएल राहुलले ८२ र धूव जुरेलले ५१ रन बनाएका छन् । श्रीलङ्काका प्रभात जयसूर्याले ४ विकेट लिएका थिए । श्रीलङ्काले पहिलो पारीमा २ सय ८४ रन बनाएको थियो । श्रीलङ्काका सोनल दिनुशाले १ सय र निरोशन डिकवेलाले ८० रन बनाएका छन् । भारतका मानव सुथारले ४ विकेट लिएका थिए ।

भारत र श्रीलङ्काबीचको दोस्रो टेस्ट खेल यहि भदाै ७ गते आइतबारदेखि कोलम्बोमा शुरू हुने भएकाे छ ।