Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि पहल गर्न रास्वपा सभापति लामिछानेलाई एमालेको आग्रह


754
Shares

काठमाडाैं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित सरकारको तत्काल पुनर्गठनका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको निकाशका लागि तीन वटा विकल्पन रहेकोमा अब सरकारको पुनर्गठनको विकल्प नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले तत्काल सरकार पुनर्गठन नगरिए राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनःस्थापनाका चारैदिशाबाट अकल्पनीय जनसुनामी आउने चेतावनी समेत दिनुभयो । उहाँले वर्तमान सरकार सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो,‘…रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीति नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको अविलम्ब पुनर्गठन गर्न पहल गर्नुपर्दछ । सम्माननीय सभामुख महोदय अन्तिम विकल्प बाँकी छ । अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्र्थापना गर्न छिट्टै चारैदिशाबाट २००७, २०४७, २०६५ सालको भन्दा विशाल, अल्कपनीय जनसुनामी आउनेछ ।

किनभने इतिहासले भन्छ संकटको गर्भबाट खसमाधान जन्मिन्छ । प्रश्नको मर्मबाट उत्तर जन्मिन्छ ।’ उहाँले सरकारको कार्यशैलीले नागरिकको मौलिक हकमाथि समेत प्रहार भइरहेकोतर्फ समेत सचेत गराउनु भयो ।