काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ। समितिले आवास, खाद्य, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत उपसमिति गठन गर्नेछ।
महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयमा प्रस्तुत गर्नेछन्। विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको रूपान्तरण, पुष्पा भुसालले प्रदेश निर्वाचन र गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेश गर्ने तय भएको छ।
त्यस्तै, प्रचार–प्रसार समिति देवराज चालिसेको संयोजकत्वमा र विधान संशोधन समिति महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन गर्ने निर्णय भएको छ।









प्रतिक्रिया दिनुहोस्