Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मुद्दा दर्ता भएकोप्रति गम्भीर ध्यानाकर्षण


1.7k
Shares

काठमाडाैं ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार नियमित कामकारबाही भइरहेको स्पष्ट पारेको छ।

बैंकका अनुसार घटनाका कारण नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध आएको छैन। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको जनाउँदै सेवा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन हुनेमा ग्राहक तथा सरोकारवालालाई विश्वस्त हुन आग्रह गरिएको छ।

बैंकले अपुष्ट सूचना र अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गर्दै निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा सरोकारवालाको विश्वासप्रति आभार व्यक्त गरेको छ ।

Skip This