Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल थुनामा


533
Shares

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले मङ्गलबार यस्तो आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा पहिले नै थुनामा रहेका उनीहरूलाई दोस्रो मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित गराइएको थियो।

सोही मुद्दामा जोडिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई भने अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। भट्ट र अग्रवालमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान भइरहेको छ। अदालतको यो आदेशसँगै उनीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहनेछन्।

Skip This