काठमाडाैं ।
नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहका विवादित अभिव्यक्तिहरू संसदको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मण्डलले यस्तो आग्रह गर्नुभएको हो । सम्बोधनका क्रममा सांसद मण्डलले सभामुखलाई संसदको अभिभावकको संज्ञा दिँदै प्रधानमन्त्रीसँग संवाद गरी आफ्ना भनाइहरू फिर्ता लिन लगाउन पहल गरिदिन अनुरोध गर्नुभयो ।
प्रधानमन्त्रीको स्वभावका कारण उहाँ आफैँ रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना न्युन रहेको टिप्पणी गर्दै मण्डलले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यू जिद्दी स्वभावको हुनुहुन्छ, उहाँ आफैँ रोष्ट्रममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ भन्ने मलाई लाग्दैन । तसर्थ, सभामुख ज्यूले नै प्रधानमन्त्रीसँग वार्ता गरी ती भनाइहरू फिर्ता लिन लगाउन वा संसदको अभिलेखबाट हटाउन पहल गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु ।’
सभामुखको अनुभव र शालीनताको प्रशंसा गर्दै उहाँले संसदको गरिमा कायम राख्न विवादास्पद अभिव्यक्तिहरू हटाउनु नै उपयुक्त विकल्प हुने धारणा व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्