काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान साढे ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफललाई निरन्तरता दिइने भएको हाे । कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।
कांग्रेसले बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण र ऊर्जा नीतिसम्बन्धी विषयमा पनि छलफल भएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्