काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट तीन वटा विधेयक प्रस्तुत भएका छन् ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ ।
बैठकमा प्रस्तुत तीनै विधेयक सम्बन्धित मन्त्रीहरूले सरकारका तर्फबाट पेस गर्नुभएको हो ।









प्रतिक्रिया दिनुहोस्