Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपालका प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे शिष्टाचार भेटवार्ता 

द्विपक्षीय आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता

234
Shares

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ।

भेटवार्ता सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो । प्रधानमन्त्री भएपछि बालेन्द्र शाहसँग पहिलो पटक एक जना मात्र विदेशी राजदूतको रूपमा श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएकाे छ। प्रधानमन्त्री शाहले यसअघि प्रोटोकल नमिल्ने भन्दै विदैशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिनुभएकाे थिएन । दुई पटक विदेशी राजदूतहरूले प्रधानमन्त्री शाहसँग संयुक्त शिष्टाचार भेटवार्ता गरेका थिए ।

भेटमा नेपाल र भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ । साेही भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयाे । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएकाे छ।

सोमबार दिउँसाे नै नेपालका लागि चिनियाँ राजदूतले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेकाे हाे ।

Skip This