Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै-(कार्य-सूचीसहित)

बैठकमा सेवाको शर्त र मानव बेचबिखनसहित ५ विधेयक प्रस्तुत गरिंदै

143
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ ।

संसद सचिवालयले सिंहदरबारमा शुक्रबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेश गर्नुहुने भएकाे हाे।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नुहुने भएकाे हाे ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नुहुने भएकाे छ। साथै परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे ।

Skip This