काठमाडाैं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।
बिहीवार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाउनुभएको हो ।
उहाँले साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताउनु भयो । सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उहाँको भनाई छ ।
कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताउनु भयो । उहाँले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथी गोली हानेको आरोप लगाउनु भयो ।
द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेन–जी उमेर समूहका रहेको उल्लेख गर्दै उहाँले जेन–जी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भएपनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उहाँको भनाई छ ।
उहाँले कप्तानगन्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउनु भयो । उहाँले हालै भारतमा भएको सीजेपीको ठुलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उहाँको भनाई छ । तर नेपालमा भने सानो झडपमै गोली चल्नु चिन्ताजनक भएको उहाँले बताउनु भयो । उहाँले ढुंगानाले नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यत्रो आन्दोलनबाट आएको सरकारले यदि सिकेको छैन भने म सिक्नुन् आग्रह गर्न चाहन्छु । अबको द्वन्द्व नियन्त्रण गर्दाखेरी एसएलआर लिएर पुलिसलाई पठाउने होइन अथवा सस्तो तरिकामा सेनालाई जङ्गी अड्डाबाट बाहिर निकाल्ने होइन । सेनालाई यति सस्तो पारियो कि सानोदेखि सानो घटना पनि यदि जङ्गी अड्डाबाट सेना निस्किन्छ भने सेनाको जुन वर्चश्व आजको दिनसम्म कायम थियो त्यो भोलि रहँदैन । जुन बेला नेपाली जनताको विश्वास सेनाबाट हट्छ र त्यसपछि भएको द्वन्द्वमा अब द्वन्द्व गर्ने व्यक्तिहरूले सेनाको अथवा कसैको पनि सुन्नेवाला छैनन् । जुन दिन सेनाको सुनिँदैन, जुन दिन द्वन्द्व गर्ने मान्छेहरू सेनादेखि डराउँदैनन् त्यसपछि कस्तो नरसंहार होला भन्ने हामी आफैँ कल्पना गर्नसक्छौं । सायद अलिकति एक्सपिरियन्स भएको अलिकति दीर्घकालीन सोच भएको सरकार अथवा राज्य भएको भए जङ्गी अड्डाबाट सेनालाई यस्तो सस्तो हल्का फितलो तरिकामा निकाल्ने थिएन । तर क्षमता भएन कि विवेक भएन कि के भएन यो तरिकामा सेनालाई यदि सस्तो पारियो भने आउँदो दिनमा आएको कुनैपनि खालको चाहिँ द्वन्द्व जस्तो घटनामा धेरैको ज्यान जान्छ ।’
उहाँले सरकारलाई पेट्रोलियम पदार्थमा भईरहेको मिसावट रोक्न र मुल्य घटाउन पनि आग्रह गर्नुभयो । उहाँले नेपालमा चीन विरोधी गतिविधि भईरहेको उल्लेख गर्दे सरकारको पराराष्ट्र नितिप्रति पनि प्रश्न उठाउनुभयो ।









प्रतिक्रिया दिनुहोस्