Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


सेतीवेणीमा बाढीको वितण्डा : स्याङ्जातर्फ २० घर र विश्व विराट शालिग्राम क्षेत्र डुबानमा


767
Shares

सागर न्यौपाने, स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा बुधबार राति परेको अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ।


बाढीका कारण करिब २० घर डुबानमा परेका छन् भने स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको विश्वविराट शालिग्राम पूर्ण रुपमा डुबानमा परेको छ साथै मन्दिरसमेत डुबानमा परेको छ।

बाढीले बगाएकी एक महिलाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। हालसम्म अन्य कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ।

यद्यपि, बाढीका कारण भएको भौतिक क्षतिको यकिन विवरण भने पानीको सतह नघटेकाले संकलन गर्न नसकिएको प्रहरीको भनाइ छ। प्रभावित क्षेत्रमा स्थानीयवासी र सुरक्षा निकायले अवस्था सामान्य बनाउन तथा थप जोखिमको निगरानी गर्न काम गरिरहेका छन्।

बाढीपछि सेतिबेणी क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ भने नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।