काठमाडौं । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार मध्याह्न १२ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ९ हजार ५ सय १० क्युसेक पुगेको जनाएकाे हाे। योसँगै ब्यारेजका २८ ढोका खोलिएको प्रहरीले बताएकाे छ। हाल कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती समेत बालिएको प्रहरीले जनाएकाे हाे ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने प्रहरीले बताएकाे छ।









प्रतिक्रिया दिनुहोस्