काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताउनुभएकाे छ।
मन्त्रालयमा मंगलबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले यस्ताे बताउनुभएकाे हाे । मुलुककेन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताउनुभएकाे छ।
परराष्ट्रमन्त्री खनालले मन्त्रालयले सम्बन्धित मुलुकसँग निश्चित प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसलाई केन्द्रमा राखेर रणनीतिक योजनामा काम गरिरहेको बताउनुभयाे । उहाँले विदेशमा बसोबास गर्ने नेपालीको यकिन संख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाइ भइरहेको उल्लेख गर्नुभएकाे छ । त्यसका लागि अभियान नै सञ्चालन गरेर विदेशमा रहेका नेपालीको संख्या यकिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे।
परराष्ट्र मन्त्रालयमा आयोजित उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुनाकर भट्ट, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्