काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै देशका ३० जिल्लामा मंगलबार आकस्मिक बाढीको जोखिम रहेकाे जनाएकाे छ।
महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी गराएकाे हाे। मंगलबार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।
महाशाखाले सप्तकोसी, तमोर, दूधकोसी, तामाकोसी, नारायणी, त्रिशूली, मर्स्याङ्दी, सेती, भेरी, महाकाली र कन्काई लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्