Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


​डेंगु संक्रमणको जोखिम फेरि बढ्दै, ७२ जिल्लामा फैलियो (सूचीसहित)

संक्रमितको संख्या २ हजार नाघ्याे

156
Shares

काठमाडौं । नेपालमा डेंगु संक्रमणको जोखिम फेरि तीव्र रूपमा बढ्न थालेको छ।

स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार गत पुसदेखि साउन १५ गतेसम्म देशैभरका ७२ जिल्लाबाट २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको हाे । संक्रमण कारण २ जनाको मृत्यु भएको छ। महाशाखाले पाक्षिक रूपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसुन सक्रिय भएसँगै संक्रमण दरमा वृद्धि देखिएको जनाएकाे हाे।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबै भन्दा बढी ५ सय ६८ र गण्डकी प्रदेशमा ५ सय ३२ जना संक्रमित भेटिएका छन्। जिल्लागत आधारमा झापा २ सय ४, बागलुङ १ सय ८०, सुनसरी १ सय ६१, पाल्पा १ सय १६ र कास्की १ सय १० जना सबै भन्दा बढी प्रभावित मुख्य ५ जिल्लाका रूपमा रहेका छन्।