Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट टाढिने अवस्थामा: महासचिव पोखरेल


156
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको वामपन्थी आन्दोलन राष्ट्रिय राजनीतिको मूलधारबाट करिब टाढिने अवस्थामा पुगेको बताउनुभएकाे छ।

काठमाडौंमा साेमबार भएको २४औं बोत्ले स्मृति दिवसका अवसरमा विचार गोष्ठीमा बोल्दै महासचिव पोखरेलले यस्ताे बताउनुभएकाे हाे । कम्युनिस्ट आन्दोलनप्रति युवाहरू आकर्षित हुन नसक्दा यस्तो अवस्थामा पुगेको बताउनुभयाे। कुनै समय वामपन्थी पार्टीका पक्षमा ६० प्रतिशतको हाराहारीमा मत रहेकाे स्मरणर गर्नुभएकाे छ।  तर आज राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डै-झण्डै टाढिने अवस्थामा रहेकाे बताउनुभयाे।

उहाँले भन्नुभयाे,- ‘हाम्रो राजनीति, अपिल र कार्यशैलीले युवाहरूलाई आकर्षित गर्न सकेको छैन । अझ भन्नुपर्दा स्मार्ट फोनमा हुर्किएको युवा पुस्ता, जसले छिटो परिणाम खोज्छ।’

अहिले नेपालको कम्युनिस्ट आन्दोलनको अवस्था पहिलो, दोस्रो पनि होइन, तेस्रो र चौथो स्थानमा पुगेको समेत महासचिव पोखरेलले बताउनुभएकाे छ। उहाँले नवयुवाहरूको उपस्थिति कम्युनिस्ट कार्यक्रममा प्राय हुनै छाेडेको समेत बताउनुभयाे।

Skip This