Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


याडिया नेपालले नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्दै


1.1k
Shares

काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाको नेपालका लागि आधिकारिक वितरक जु नेपाल प्रा. लि.ले नयाँ विद्युतीय स्कुटर सिरिज GS70, GT70 र GT80 नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

नयाँ सिरिजमा अत्याधुनिक प्रविधि, सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, आकर्षक डिजाइन तथा प्रभावशाली रेन्जलगायतका सुविधा रहेकाे कम्पनीले जनाएको छ। दैनिक सहरी आवतजावतदेखि लामो दूरी तथा उच्च प्रदर्शन चाहने ग्राहकलाई लक्षित गरी यी मोडेल विकास गरिएको बताइएको छ।

कम्पनीका अनुसार तीनै मोडेलको प्राविधिक विशेषता, मूल्य, उपलब्धता र लन्च अफर ६ अगस्ट २०२६ मा हुने औपचारिक कार्यक्रममा सार्वजनिक गरिनेछ।