Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण स्थगित गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट


1.2k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पूर्वाधारमाथि गर्ने भनिएको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलर भन्दा बढीले घटेको छ।

रोयटर्सले आइतबार मध्यराति जीएमटीसम्म ब्रेन्ट कच्चा तेलको मूल्य ४ दशमलव ०८ डलर अर्थात् ४ दशमलव ६४ प्रतिशतले घटेर प्रतिब्यारेल ८३ दशमलव ८५ डलरमा पुगेको जनाएकाे हाे । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य ४ दशमलव ०१ डलर अर्थात् ४ दशमलव ७४ प्रतिशतले घटेर प्रतिब्यारेल ८० दशमलव ६६ डलरमा झरेको थियो।

अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण शुरु गरेपछि र तेहरानका सेनाले ओमान आसपासका क्षेत्रमा रहेका कैयौं तेलवाहक पानीजहाजमाथि आक्रमण गरेपछि गत महिना दुवै प्रकारका कच्चा तेलको मूल्य २० प्रतिशत झन्दा बढीले बढेको थियाे। राष्ट्रपति ट्रम्पले इरानको पूर्वाधारमाथि प्रस्तावित आक्रमण रोक्ने निर्णय गरेपछि भने बजारमा आपूर्ति अवरोध सम्बन्धी चिन्ता केही कम भएको छ ।

जसको प्रभावस्वरूप तेलको मूल्यमा गिरावट आएको हो।