Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


अर्थ र शिक्षासहित ४ संसदीय समितिको बैठक आज बस्दै


143
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत साेमबार अर्थ र शिक्षासहित ४ वटा संसदीय समितिको बैठक बस्दै छ ।

सिंहदरबारमा साेमबार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएकाे हो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साेमबार बिहान ११ बजे बस्ने बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने भएकाे छ ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको साेमबारै बिहान ११ बजे बस्ने बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे हाे । त्यस्तै, अर्थ समितिको साेमबार दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार हुनेछ ।

त्यसैगरी लेखा समितिको साेमबार दिउँसो २ बजे बस्ने बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेकाे हाे ।