Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्न सभामुख अर्यालकाे आग्रह

संवैधानिक क्षेत्राधिकारभित्र रहेर तथ्यपरक र कार्यान्वयन योग्य सुझाव दिनुपर्नेमा जाेड

0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्‍याउन आग्रह गर्नुभएकाे छ।

सिंहदरबारमा शुक्रबार संसदीय समितिका सभापति तथा सचिवहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित पेश गर्न सुझाव दिनुभएकाे हाे । सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ ।

सरकारलाई सुझाव तथा सल्लाह दिँदा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानूनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक र कार्यान्वयन योग्य सुझाव दिनुपर्नेमा उहाँले जोड दिनुभयाे । छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न तथा थप सक्षम बनाउने विषय उठेको थियो ।