Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शान्ति र सद्भाव कायम राख्न मधेश प्रदेश सरकारकाे ७ बुँदे निर्णय

सामाजिक सञ्जाल तथा सञ्चार संस्थामार्फत नियमित साकारात्मक सन्देश प्रवाह गर्ने

13
Shares

काठमाडाैं । मधेश प्रदेश सरकारले शान्ति र सद्भाव कायम राख्न ७ बुँदे निर्णय गरेको छ ।

प्रदेश सुरक्षा समन्वय समितिको शुक्रबार बसेकाे बैठक बसेर सातबुँदे निर्णय गरेको हो । मधेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले स्थानीय प्रशासनको सहयोगमा वडास्तरदेखि प्रदेशसम्मका राजनीतिक दलहरूलाई सक्रिय संवाद र परिचालन गर्नेसहित ७ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

जारी विज्ञप्ति अनुसार स्थानीय अगुवाहरूमार्फत शान्तिको सन्देश प्रवाह गर्ने, सामाजिक सञ्जाल तथा सञ्चार संस्थामार्फत नियमित साकारात्मक सन्देश प्रवाह गर्ने, सामाजिक सञ्जालको गतिविधि सुक्षम ढंगले निगरानी गर्ने तथा यसमा संलग्नलाई शून्य सहनशिलताका साथ कार्यन्वयन गर्ने निर्णय गरिएकाे छ।

त्यस्तै, वडास्तरदेखि सबै जिल्लामा सद्भाव र्‍याली निकालन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने, तथ्यपरक समाचारमा जोड दिन र भ्रामक सूचनालाई निरुत्साहित गर्न पत्रकार महासंघसँग समन्वय गर्ने मन्त्रालयले निर्णय गरेको हाे ।

Skip This