Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


राष्ट्रपति पौडेल सक्रिय, पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग भेटवार्ता

भेटवार्ता मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिकाे बारेमा केन्द्रित

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा.रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग शुक्रबार साँझ शितलनिवासमा भेटवार्ता गर्नुभएकाे छ।

राष्ट्रपति कार्यालयको सचिवालयले भेटवार्ताका क्रममा सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्ज लगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिकाे बारेमा छलफल भएको जनाएकाे हाे। उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्नुपर्ने विषयमा छलफलकेन्द्रित रहेको थियो । प्रथम राष्ट्रपति डा. यादवले सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने बताउनुभएकाे छ।

साेही घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्नुपर्ने विषयमा छलफल केन्द्रित रहेको थियो । प्रथम राष्ट्रपति डा. यादवले सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने बताउनुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।