काठमाडौं । देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेको छ ।
उपभोक्ताहरू ग्यास सप्लायर्स कार्यालयमा लाइन लाग्न थालेका हुन् । एक सिलिन्डर ग्याउ पाउन हप्ता दिनसम्म कुर्नपर्ने बाध्यता उपभोक्ताले भोग्नुपरेको छ । नेपाल आयल निगमले गत फागुन अन्तिमदेखि आधा सिलिन्डर ग्यास वितरण गरिरहेको थियो ।
असार अन्तिमदेखि भरी सिलिन्डर वितरण हुँदा उपभोक्ताबाट माग बढी हुन थाल्यो । मुख्यतः यहि कारण साउन पहिलो हप्तादेखि बजारमा ग्यास पाउन मुस्किल परेको छ । बजारमा उपभोक्ताले ग्यास नपाइरहँदा निगमले भने कुनै अभाव नरहेको दावी गर्दै आएको हो ।
बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासमा सेवाग्राहीको लाइन लामो देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्