काठमाडौं । मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ ।
डीनको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै परीक्षा स्थगित गरिएकाे जनाएकाे हाे । त्रिविको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) अन्तर्गत ‘एमकेटी ५११ः मार्केटिङ म्यानेजमेन्ट’ विषयको परीक्षा स्थगित भएको छ । कार्यालयले शुक्रबार सञ्चालन हुने तय भएको उक्त विषयको परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएकाे हाे ।
स्थगित परीक्षाको नयाँ मिति तथा समय तत्काल सार्वजनिक गरिने सूचनामा उल्लेख छ । डीनको कार्यालयले यी ११ परीक्षा केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित परीक्षा तालिका अनुसार नियमित रूपमा परीक्षा सञ्चालन हुने जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्