Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


राजनीतिक दलसहितका सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न प्रधानमन्त्री शाहलाई राष्ट्रपति पाैडेलकाे सुझाव


117
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरु लगायतका सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएकाे छ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रपति पाैडेललाई भेट्न शीतल निवासमा पुगेका प्रधानमन्त्री शाहले सनुसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितकाे बारेमा ब्रिफिङ गर्नुभएकाे हाे । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री शाहसँग राष्ट्रपति पाैडेलले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएकाे बताउनुभएकाे छ।

देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाकाे बारेमा चिन्ता र चासो व्यक्त गर्नुभएको सल्लाहकार पोखरेलले बताउनुभयाे । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासकाे बारेमा जानकारी गराउनुभएकाे थियाे ।

प्रधानमन्त्री शाहले बिहीबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार नागरिकहरूको जिउधन सुरक्षाका लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाउनुभएकाे हाे।

Skip This