Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


लुम्बिनीमा मुख्यमन्त्री नफेरिने


143
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भएको छ ।

नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा थियो । तर, एमालेभित्र भएको छलफलले आचार्यलाई नै प्रदेश सरकारको नेतृत्वमा निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलमा आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको हो ।

केन्द्रमा एमाले र नेपाली कांग्रेस बीचको सत्ता सहकार्य अन्त्य भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने तयारी भइरहेको छ । एमाले र नेकपाबीच सहकार्यको सहमति भएपछि प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्चा चलेको थियो ।

एमालेभित्र मुख्यमन्त्री आचार्यसहित संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलगायत नेता मुख्यमन्त्रीका आकाङ्क्षी देखिएका थिए ।