काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्दैछ ।
बैठक बुधबार बिहान साढे ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे । कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे । नेता श्रेष्ठको मंगलबार ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ । कार्यवाहक मुख्य सचिव दुलालले वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने बताउनुभयाे ।
त्यस पश्चात नेता श्रेष्ठको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको उहाँकाे भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्