Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


इजरायली प्रधानमन्त्री नेतन्याहुले साउन १२ गते ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने


117
Shares

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट्नुहुने भएकाे छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पसँगयहि साउन १२ गते मंगलबार भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे जनाएकाे हाे । प्रधानमन्त्री नेतन्याहुको यो भ्रमण दुई नेताबीच इरानसँगको युद्ध व्यवस्थापनकाे बारेमा तनाव बढिरहेको समयमा हुन लागेको छ। भ्रमणका क्रममा उहाँले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुनुहुने भएकाे हाे ।

प्रधानमन्त्री नेतन्याहु सोमबार वाशिङ्टन प्रस्थान गर्नुहुने भएकाे छ । राष्ट्रपति ट्रम्प गत वर्ष अमेरिकी राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएपछि यी दुई नेताबीच यो छैठाैं भेट हुने भएकाे हाे । प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलको ‘सबै भन्दा ठूलो मित्र’ भनेर प्रशंसा समेत गर्नुभएको छ।

Skip This