Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सडक विभागकाे निर्देशन (सूचनासहित)


13
Shares

काठमाडौं । सडक विभाग अन्तर्गतको उत्तर-दक्षिणरव्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु-सलिसल्ला सडक योजना बाजुराले काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

कर्णाली कोरिडोर हुम्ला खण्ड अन्तर्गत कुवाडीदेखि तुम्चासम्मको सडक स्तरोन्नतिका लागि एमरएस कन्टेक-सिङ्घा जेभी काठमाडौंसँग खरिद सम्झौता भएको थियो। निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा समेत कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको योजना कार्यालयले जनाएको छ।

कार्यालयले शुक्रबार कार्य तालिका अनुसार प्रगति नभएको र खरिद सम्झौताको दायरा बमोजिमको काम नभएकाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै १५ दिने सूचना जारी गरेको हो।

Skip This