काठमाडौं । संघीय संसद्अन्तर्गतका ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दै छ ।
सिंहदरबारमा शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएकाे हाे। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने भएकाे छ । सोही समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएकाे छ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुने भएकाे हाे ।
साथै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुने भएकाे छ । समितिको बैठक शुक्रबार शुक्रबार दिउँसाे साढे २ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको हाे।









प्रतिक्रिया दिनुहोस्