Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज


130
Shares

काठमाडाैं । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार डिस्चार्ज भएकी हुन्।

​यसअघि अस्पताल प्रशासनले दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको थियो।

अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत ​अभिनेत्री निरौला अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्।

​अस्पतालबाट बाहिरिने क्रममा दीपाश्रीले आफ्नो उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, अन्नपूर्ण न्यूरो अस्पताल परिवार, सम्पूर्ण शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको शुभकामना र आशीर्वाद दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।

Skip This