Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्न प्रहरीले चलायाे गोली, दुई जना घाइते


468
Shares

राम बाबू यादब,सिरहा । सिरहाको लहानस्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर उनीहरलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये पाँच जना भारतीय र एक जना नेपाली रहेको पहरी स्रोतले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट दुई सय २५ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ ।

प्रहरीले चलाएको गोली एक भारतीय र एक नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णुप्रतिक वस्यालले लागु औषध नियन्त्रण गर्ने अपरेशन चलेको बताए । उनले अहिले घटनाको सम्पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको जनाए।