Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


मुलुकको अवस्था वीपी र गणेशमानको समयभन्दा सयौं गुणा खराब : डा. शेखर कोईराला


143
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेस कमजोर हुँदा देशमा अराजकता बढ्ने भन्दै राष्ट्रिय मेलमिलापको शुरुवात काँग्रेसभित्रैबाट गर्नुपर्ने बताउनुभएको छ ।

वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देश अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले मुलुकको वर्तमान अवस्था वीपी कोइराला र गशेषमान सिंहको समयको भन्दा सयौँ गुणा खराब अवस्था गुज्रिरहेको टिप्पणी पनि गर्नुभयो । उहाँले राष्ट्रिय मेलमिलापको बहस अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीभित्र सहमति, सहकार्य र एकता कायम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसको स्थापना नै निरङ्कुशता अन्त्य गर्नको लागि भएपनि अहिले पार्टीभित्रै हुकुमी शैली बढ्दै गएको तर्क गर्नुभयो । उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसदको प्रभावकारितामाथि समेत प्रश्न उठाउनु भयो । उहाँले सरकार र संसद कसरी चलिरहेको छ रु भन्नेकुरा थाहा पाउन फेसबुक स्टाटस हेर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था हेर्नुभयो भने वीपी र गणेशमानको पालाभन्दा सयौं गुणा खराब अवस्थामा देश छ । देशमा राष्ट्रियता अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको अवस्था छ । राष्ट्रिय मेलमिलाप कोसँग गर्ने त रु पहिले त नेपाली कांग्रेस भित्रै सहमति सहकार्य र एकताको माध्यमबाट राष्ट्रिय मेलमिलाप नेपाली काँग्रेसभित्रै गर्नुप¥यो । त्यसपछि राष्ट्रियतालाई बचाउन लोकतन्त्रलाई बचाउन अन्य शक्तिहरुसित मिलेर काम गर्नुपर्ने आवश्यकता पनि छ । जबजब नेपाली कांग्रेस कमजोर हुन्छ देश अराजकता तिर जान्छ । अहिले पनि यस्तै अवस्था रहेको छ । नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनाको लागि भएको हो । निरंकुशता र हुकुमी शासन अहिले बढेर गएको छ । फेसबुकको स्टेटसबाट सामाजिक सञ्जालबाट के भइरहेको छ रु सरकार कसरी चलिरहेको छ भन्ने कुरा हामीहरुले थाहा पाउनुपर्ने अवस्था छ । संसद छ कि छैन सांसदहरुलाई नै थाहा छैन रु नेपाली काँग्रेस पनि हुकुमी तरिकाले चरिहेको मैले महशुस गरेको छु । क्रियाशिल सदस्याता किन अद्यावधिक नगरेको भनेर वडा र पालिका सभापतिलाई बर्खास्त गर्ने कार्य भइरहेको छ । त्यसकारण निरङ्कुता अन्त्य गर्न जन्मेको काँग्रेसले पार्टीभित्रकै निरङ्कुशता अन्त्य गर्न जरुरी छ ।’ उहाँले पार्टी सभापति गगनकुमार थापालाई वीपीको विचार र आदर्श सम्झिन आग्रह गर्दै व्यक्तिवादी चरित्र र स्वार्थ त्यागेर पार्टी सञ्ज्ञचालन गर्न आग्रह समेत गर्नुभयो ।