काठमाडाैं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा मंगलबार यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सपम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी बिहान करिब पौने १२ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वली, तनहुँ घर बताउने ३९ वर्षीया भावना राई तथा गुर्भाकोट–१३ का ५ वर्षीय रियाज शाही गम्भीर घाइते भएका छन्। गणेश वलीको कर्णाली केयर अस्पताल तथा रियाज शाहीको माया अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ।
अन्य घाइतेहरूमा गुर्भाकोट–१३ की २३ वर्षीया ममता पुन, सिम्ता–९ की ४५ वर्षीया विष्णुमाया सुनार, १० वर्षीय प्रविन सुनार, २ वर्षीय प्रज्वल राई, गुर्भाकोट–१४ की ३२ वर्षीया जैसरा बुढा, ६० वर्षीया भूमिसरा खड्का, ४२ वर्षीय उदयराम भुजेल, ४५ वर्षीया धनमाया भुजेल, सिम्ता–९ की ३२ वर्षीया टिका खत्री, ६० वर्षीय भीमबहादुर थापा, ५५ वर्षीया तुलसरा सुनार, गुर्भाकोट–१४ का १२ वर्षीय सक्षम बुढा, गुर्भाकोट–१२ की १५ वर्षीया प्रिति गुरुङ, सिम्ता–९ की ३० वर्षीया शान्ता खत्री, गुर्भाकोट–१४ की १७ वर्षीया भावना आले तथा सिम्ता–९ की ३० वर्षीया मनिषा थापा रहेका छन्।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा सबै घाइतेको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। केही घाइतेको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल र माया अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। गाडी चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्