Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


एमालेले बागमती सरकारलाई दिएको समर्थन लियाे फिर्ता (पत्रसहित)

एमालेले समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार संकटमा

104
Shares

काठमाडाैं। नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीले बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो । प्रदेश सरकारमा नेकपा एमालेका ६ जना मन्त्री सहभागी रहेका छन् । उनीहरूमध्ये पाँच जना मन्त्रीहरु भने समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए । किरण थापामगर भने हाल काठमाडौं रहेकोले अनुपस्थित रहेको बताइएको छ ।


मुख्यमन्त्री इन्द्रबहादर बानियाँ चितवनबाट फकिएपछि राजीनामा बुझाउने उनीहरूको तयारी रहेकाे हाे । बागमतीमा नेपाली कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार संकटमा परेको हाे।

Skip This