Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


इरानसँगको जारी युद्धमा अमेरिकाको हालसम्म ३७ दशमलव ५ अर्ब डलर खर्च


13
Shares

एजेन्सी। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले हालसम्म करिब ३७ दशमलव ५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको बताउनुभएकाे छ।

यो गत मे महिनामा सार्वजनिक गरिएको पछिल्लो अनुमान भन्दा करिब ८ अर्ब डलर बढी रकम हो । डेमोक्रयाट सांसद डिक डर्बिनले इरान युद्धमा हालसम्म कति खर्च भएको छ भन्ने प्रश्न गरेपछि रक्षामन्त्री हेगसेथले ३७ दशमलव ५ अर्ब डलर खर्च भएको तथ्यांक सार्वजनिक गर्नुभयाे । अमेरिका र इरानबीच पुनः द्वन्द्व शुरु भएयता सिनेट विनियोजन समितिसमक्ष पहिलो पटक उपस्थित भएका हेगसेथले सांसदहरूले तत्काल थप बजेट स्वीकृत नगरे सैन्य तालिमहरू कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

रक्षामन्त्री हेगसेथले आफ्नो मन्त्रालयका लागि कंग्रेससँग ८७ अर्ब डलरको थप बजेट माग गरिएको र त्यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वका सैन्य अभियानका लागि छुट्याइएको जानकारी दिएका बीबीसीले बताएको हाे ।