एजेन्सी। इरानले अमेरिकासँग लगातार आक्रमण भइरहेकाे समयमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानमा साेमबार साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको हो । कतारले अमेरिका–इरान वार्ता पुनः शुरु गर्न र १० दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको खबर बारेमा उहाँलाई सोधिएको प्रश्नको जवाफमा पछिल्लो जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रवक्ता बघाईले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताउनुभएको छ । गत जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रकाे बारेमा उहाँले यो सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट रहेको र यो वाचालाई तोड्न वाशिङ्टनले कुनै बहाना गर्न नहुने स्पष्ट पार्नुभयाे ।
अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको प्रवक्ता बघाईले बताउनुभएकाे छ। इरानले हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै पनि खालको ‘दुरुपयोग’ रोक्ने अडान समेत उहाँले दोहोर्याउनुभएको छ ।









प्रतिक्रिया दिनुहोस्